बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन



Advertisement
Ads

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाख सम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारी साधनलाई कारबाही गरी रु दुई करोड ४३ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको जानकारी दिए ।


Advertisement

त्यस अवधिमा सहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए । महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम सम्बन्धी प्रयोगात्मक अभ्यास सहित चेतनामूलक कार्यक्रम समेत संचालन गरिएको बताए ।

त्यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियम बारे जानकारी, सडकछेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापन लगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेका पौडलले जानकारी दिए |

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर