बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएतापनि आज सेयरबजार खुला रहने



Advertisement
Ads

बागमती प्रदेश सरकारले आज (वैशाख २४) गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बागमती प्रदेश सरकारले बिदा दिएतापनि नेप्से भने खुला रहने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । संघीय सरकारले घोषण गरेका बिदाहरुमा मात्रै नेप्से बन्द रहने भएकाले आज  सेयर कारोबार खुल्ला रहने जानकारी उनले दिएका छन् ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको हो । बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।


Advertisement

438299001 10228455690130397 4054992030892546352 n 2 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a4%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%be | %tags

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर