बागमती प्रदेशभित्र नेवार र तामाङ भाषा सरकारी कामकाजमा



Advertisement
Ads

बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ कार्यान्वयनमा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ शुभारम्भ घोषणा गर्दै ती भाषा सरकारी कामकाज कार्यान्वयनमा आएको घोषणा गरे । आज ‘भाषा दिवस २०८१’ पनि भएकाले सरकारले ती भाषा सरकारी कामकाजमा कार्यान्वयनमा आएको घोषणा गरेको हो ।


Advertisement

यस अवसरमा प्रदेश सरकारले आज प्रदेश भित्र सार्वजनिक बिदा समेत दिएको छ । विसं २०८० कात्तिक २३ गते प्रदेश सरकारले सो ऐन प्रमाणीकरण गरेको थियो । बागमती प्रदेशसभा सदस्य बहादुर सिंह लामाले आज देखि कामकाजको भाषाका रुपमा कार्यान्वयनमा आएको तामाङ र नेवार भाषालाई व्यावहारिक रुपमा कार्यान्वयनका लागि केही जटिलता भए पनि सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर