Advertisement
Ads

बजार २००० तल जाने देख्दिन, २०/४० अङ्क तल गए किन्ने अवसरका रुपमा लिनुपर्छ : केशव कोईराला ‘काका’



Advertisement
Ads

लगानीकर्ता केशव कोईराला ‘काका’ ले नेप्सेले ‘रेञ्ज शिफ्ट’ गरेको बताएका छन्। बजारको चिरफारको नयाँ प्रस्तुती ‘सेयर जोडी’ मा कुराकानी गर्दै उनले यसअघि १८०० र २२०० को बिचमा घुमिरहेको नेप्से परिसूचक अब २००० तल नजाने विचार व्यक्त गरे। यसअघि १८०० देखि २२०० को रेञ्जमा रहेको बजार अब २००० देखि २२०० को रेञ्जमा रहने आफ्नो विश्लेषण रहेको बताउँदै उनले यदि नेप्से परिसूचक २००० तल जान्छ भने त्यसलाई खरिदको अवसरका रुपमा लिनुपर्ने बताए।

थप स्पष्ट पार्दै काका भन्छन, ‘बजार २००० बाट २०/४० अङ्क खस्नपनि सक्ला तर त्यसलाई किन्ने अवसरका रुपमा लिनुपर्छ।’


Advertisement

सो कार्यक्रममा काकाले अन्य सम्पती बेचेर सेयर किन्ने बेला भएको समेत बताए। यो सुन बेचेर सेयर किन्ने बेला हो भन्दै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले केहि लचिलो नीति लिनसक्ने आफ्नो विश्लेषण सुनाए।

सो कार्यक्रममा बानु कोईराला ‘काकी’ ले पनि यतिबेला सुन बेचेर सेयर किन्नुपर्छ भन्ने कुरामा आफू सहमत रहेको बताएकी छन्। लगानीकर्ताले बजारमा आउने उतार चढावलाई स्वीकार गर्दै घटेपछि बढ्छ र बढेपछि घट्छ भन्ने कुरालाई बिर्सिनु नहुने बताउँदै उनले घर परिवारको विश्वास जित्न एकपटक आफूलाई प्रमाणित गरेर देखाउनैपर्ने विचार व्यक्त गरिन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर