फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक सञ्जालमा राख्दै हुनुहुन्छ? हुन सक्छ २ वर्ष कैद



Advertisement
Ads

सर्जकको अनुमति बिना कुनै पनि लेख, फोटो, गीत, संगीत, चलचित्रजस्ता बौद्धिक सम्पत्ति कपी गरे दुई वर्षसम्म कैद हुन सक्ने भएको छ। नेपाल प्रहरीले जनचेतनामूलक भिडियो सन्देशमार्फत यो जानकारी गराएको हो ।

प्रहरीले सामाजिक सञ्जालमा राखेको भिडियो सन्देशमा भनिएको छ, “कुनै पनि लेख, फोटो, गीत, सङ्गीत, चलचित्रहरू बौद्धिक सम्पत्ति हुन् । त्यस्ता बौद्धिक सम्पत्तिलाई सर्जकको अनुमति बेगर चोरी गर्ने, टिकटक बनाउने, रिलमा प्रसारण गर्ने, फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नगर्न नगराउन सबैमा अनुरोध छ,”


Advertisement

प्रहरीले प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सर्जकको अनुमति बिना बौद्धिक सम्पत्ति चोरी गरे कारबाही गरिने स्पष्ट पारेको छ। पहिलो पटक अपराध गर्दा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तथा ६ महिनासम्म कैद हुन सक्नेछ।

यदि दोस्रो पटक अपराध दोहोरिएमा २० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना, २ वर्षसम्म कैद, वा दुवै सजाय हुनसक्छ। साथै, सर्जकलाई भएको क्षतिको क्षतिपूर्ति समेत भराउनुपर्ने प्रावधान रहेको प्रहरीको सन्देशमा उल्लेख छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर