फागुन ३० गतेदेखि नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार हुने



Advertisement
Ads

  • यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा मर्ज भएको हो ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते, बुधबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

 नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्नेछन्। यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा मर्ज भएको हो ।


Advertisement

नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते नेरुडे र मिर्मिरे लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। भने दुवै लघुवित्त कम्पनीको गत वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई अनुमोदन गरेको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर