फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी साना किसान विकास लघुवित्तको नाममा रहेको ३४ हजार ८२०.६५ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो ।
उक्त सेयर संस्थापक र सर्वसाधारण सबैले खरीद गर्न पाउँछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४२ रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।
आवेदन आज कात्तिक ८ गतेदेखि मंसिर १२ गते दिउँसो ३ बजेभित्र बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलको कार्यालयमा दिइसक्नु पर्नेछ । उक्त अवधिमा प्राप्त बोलपत्रहरू मंसिर १६ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।