प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा
प्राइम कमर्सियल बैंक लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर आजबाट विक्रीमा ल्याएको छ । बैंकले गत माघ २२ गते संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सूचना जारी गरेको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सो सोयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
उक्त सेयर खरिद गर्न ईच्छुक व्यक्तिले आज अर्थात् वैशाख १० गतेले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै विक्री गर्ने संस्थापकको नाम र सेयर मूल्यको बारेमा कम्पनीमा बुझन आग्रह गरेको छ ।