प्रचण्ड भन्छन्, “सरकार सय दिन भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्यो”



Advertisement
Ads

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिनभित्र भ्रष्टाचारलाई मात्रै संरक्षण गरेको आरोप लगाएका छन्। बुधबार बिहान नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले सरकार गठन हुँदा नै जे आशंका गरिएको थियो, त्यो सय दिनसम्म आइपुग्दा पुष्टि भएको बताएका छन्।


Advertisement

उनले भने, “सरकार गठन भएको सय दिन पुग्दा, विपक्षी दलहरू मात्र होइन, नागरिक समाज र सत्तारूढ दलका नेताहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन्। यसले स्पष्ट रूपमा देखाएको छ कि सरकारले गर्नुपर्ने काममा चुक्दै, नहुने काममा मात्रै ध्यान दिएको छ।”


Advertisement

प्रचण्डले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने प्रयासदेखि विवादित व्यवसायीबाट प्रधानमन्त्रीको दलले जग्गा दान लिने घटनासम्म उल्लेख गर्दै, सरकार भ्रष्टाचारको पक्षमा रहेको पुष्टि भएको बताए।


Advertisement

पाँच विपक्षी दलहरूले सरकारका गलत रवैया रोक्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइसकेको र राष्ट्रपतिलाई भेटेर सरकारका क्रियाकलापबारे ध्यानाकर्षण गराउने उनले जानकारी दिए।

प्रचण्डले अब आफ्नो पार्टीले सरकारको गलत क्रियाकलापको विरोधमा सडकमा समेत आवाज उठाउने तयारी गरिरहेको र आगामी कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा आयोजना गरिने जानकारी दिए। उनले बुद्धिजीवी संगठनलाई पनि पार्टीको पक्षमा सकारात्मक माहोल बनाउँदै सक्रिय भूमिका खेल्न आग्रह गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर