प्रचण्ड भन्छन्, “सरकार तत्काल ढाल्ने पक्षमा म छैन”



Advertisement
Ads

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।

मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले वर्तमान सरकारको गठन प्रक्रिया सही विधि र उद्देश्यका आधारमा नभएको बताउँदै यसले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न कठिन रहेको टिप्पणी गरे। दाहालले भने, “सरकार गठनको दिगो हिसाबले, प्रक्रियाको हिसाबले, समयको हिसाबले यो सफल भएको मान्न सकिँदैन। सरकार असफल नै छ।”


Advertisement

उनले यस सरकारलाई अहिले नै ढाल्नुपर्ने कुनै इच्छा नभएको स्पष्ट पार्दै भने, “यसलाई ढालेर जनतालाई पुनः हैरान पार्ने सोच मेरो छैन। यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ। तर, यो सरकारले राम्रो गरिरहेको छैन र यो राम्रो उद्देश्यमा आधारित देखिएको छैन।”

अध्यक्ष दाहालले सरकारलाई राष्ट्र र जनताप्रति गम्भीर र संवेदनशील बन्न सुझाव दिँदै सकारात्मक काम गर्न आग्रह गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर