Advertisement
Ads

पिपुल्स पावर कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा भोलि बस्दै



Advertisement
Ads

  • सभा भोलि लीसारा ब्यांकेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
  • सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ।

पिपुल्स पावर लिमिटेडले छैठौं र सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा भोलि लीसारा ब्यांकेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ। यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ। सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा पनि यस सभामा छलफल गरी पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।


Advertisement

सभा गर्न कम्पनीले चैत २९ गते बुक क्लोज गरिसकेको छ । चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर