Advertisement
Ads

परराष्ट्रमन्त्री डा. आरजु राणाको सफल सय दिन: कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड



Advertisement
Ads

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको सय दिनको कार्यकाल कूटनीतिक उपलब्धिहरूले भरिपूर्ण देखिएको छ। उनले भारतदेखि क्यानाडा, कतार र संयुक्त राष्ट्रसङ्घका मञ्चसम्म नेपालको राष्ट्रिय हित र चासोका एजेन्डाहरू प्रमुखताका साथ उठाएकी छन्।

उनको पहिलो विदेश भ्रमण भारतमा भएको थियो, जहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशङ्करसँग भेटवार्ता गर्दै नेपाल-भारत विद्युत् व्यापार लगायतका मुद्दामा सहमति जुटाउन सफल रहिन्। त्यस्तै, क्यानाडामा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भई द्विपक्षीय र बहुपक्षीय छलफलमा सक्रियता देखाउनुभयो। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिँदै उनले नेपालको जलवायु परिवर्तन र आर्थिक संकटका चुनौतीहरूलाई विश्व समुदायको ध्यानमा ल्याएको थिइन्।

कतारमा भएको एसिडीको तेस्रो बैठक र अमेरिकासँग दुईपक्षीय परामर्श संयन्त्रको स्थापना गरेर उनले नेपालको कूटनीतिक क्षमतामा थप उचाइ दिएकी छन् छ। आर्थिक कूटनीतिको विकास र नेपाली मिसनहरूमा जनशक्ति वृद्धि गर्ने काम उनको अग्रसरतामा भइरहेको छ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर