पछिल्लो एकवर्षमा सबै प्रमुख अर्थतन्त्रको सेयरबजार सकारात्मक
सन २०१९ पछिको स्वास्थ्य महामारी र त्यसपछि रसिया – युुक्रेन लगायतका युद्धको कारण अन्तराष्ट्रिय अर्थतन्त्र मारमा पर्यो। वृद्धिमा रहेको अर्थतन्त्रमा एकाएक संकुचन देखिन थाल्यो। कोभिडको सुरुवात सँगै अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा यो घटनाक्रमले सेयरबजारलाई भने सकारात्मक असर गर्यो। अधिकांश राष्ट्रहरूको सेयरबजार उकालो यात्रामा लागे। नेपालमा पनि कोभिडको अवधि सेयरबजारमा लागि स्वर्णिम अवधि बन्यो।
जब बिस्तारै अवस्था सामान्य हुँदै गर्दा कोभिडले सिथिल गरेको अर्थतन्त्र पुनरुत्थान गर्न राहत प्याकेजको ल्याइयो यसको प्रभावमा मुद्रास्फीति बढ्न थाल्यो। बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न विभिन्न राष्ट्रहरूले ब्याजदर बढाउन थाले सोही बीच सुरुवात भएको रसिया र युक्रेन बीचको युद्धले सप्लाई चेनमा असर गर्दा क्रुडको मूल्य बढ्नु सँगै अर्थतन्त्रमा अन्य नकारात्मक असर देखिन थाले त्यसपछि भने सेयरबजार एकाएक घट्न थाल्यो।
पछिल्लो १ वर्षयता भने बिस्तारै सेयरबजार उकालो यात्रामा लागिरहेको छन। पछिल्लो १ वर्षको अवधिमा प्रमुख ठूला अर्थतन्त्रको सेयरबजार सकारात्मक देखिएको छन।
१ : अमेरिका
अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। अमेरिकीको सहरबजारको प्रमुख ३ परिसूचक पछिल्लो १ वर्षको अवधिमा उल्लेख्य रूपमा बढेका छन। पछिल्लो १ वर्षमा परिसूचक एस एण्ड पि ५०० २६.७२ प्रतिशतले बढेको छ। यस्तै परिसूचक नासड्याक १०० ३४.८४ प्रतिशतले बढेको छ। यता डो जोन इन्डस्ट्रियल एभरेजपनि १९.६८ प्रतिशतले बढेको छ। पछिल्लो १ महिनामा यी ३ परिसूचक क्रमशः ६.०३ प्रतिशत, ८.५१ प्रतिशत र ४.१८ प्रतिशतले बढेका छन्।
२ : चीन
चीन विश्वको दोश्रो ठुलो अर्थतन्त्र हो। चीनको प्रमुख सेयरबजार परिसूचक सिएसआई ३०० पछिल्लो १ वर्षको अवधिमा ७.५१ प्रतिशतले घटेको छ। विगत लामो समयदेखि विदेशी लगानीकर्ताले पैसा निकाल्दा घट्न थालेको चिनियाँ सेयरबजार पछिल्लो समयमा भने उकालो यात्रामा लागेको छ। परिसूचक सिएसआई ३०० जनवरी यता ७.०६ प्रतिशतले बढेको छ। पछिल्लो एक महिनाको अवधिमा परिसूचक ४.०४ प्रतिशतले बढेको छ।
३: जापान
जापान विश्वको तेश्रो ठूलो अर्थतन्त्र हो। जापानको प्रमुख सेयरबजार निक्की २२५ पछिल्लो १ वर्षको अवधिमा २६.२६ प्रतिशतले बढेको छ। पछिल्लो एक महिनामा जापानको सेयरबजार ४ प्रतिशतले बढेको छ।
४: जर्मनी
जर्मनी विश्वको चौथो ठूलो अर्थतन्त्र हो । जर्मनीको प्रमुख सेयरबजार परिसूचक डीई ४० पछिल्लो १ वर्षको अवधिमा १५.५१ प्रतिशतले बढेको छ। पछिल्लो एक महिनामा जर्मनीको सेयरबजार २.४८ प्रतिशतले बढेको छ।
५: भारत
भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो। भारतको सेयरबजार निरन्तर बढिरहेको छ। भारतको सेयरबजार परिसूचक सेन्सेक्स पछिल्लो १ वर्षको अवधिमा १९.४१ प्रतिशतले बढेको छ। यता परिसूचक निफ्टी फिप्टी २३.०१ प्रतिशतले बढेको छ। पछिल्लो एक वर्षमा भारतीय सेयरबजार परिसूचक क्रमशः ०.४६ प्रतिशत र ०.८६ प्रतिशतले बढेको छ।
६: बेलायत
विश्वको छैटौं ठूलो अर्थतन्त्र बेलायत हो। बेलायतको सेयरबजार परिसूचक जिबि १०० पछिल्लो एक वर्षको अवधिमा ७.९८ प्रतिशतले बढेको छ। पछिल्लो एक महिनामा बेलायतको सेयरबजार ४.५८ प्रतिशतले बढेको छ।
७: फ्रान्स
फ्रान्स विश्वको सातौँ ठूलो अर्थतन्त्र हो। फ्रान्सको सेयरबजार परिसूचक एफआर ४० पछिल्लो एक वर्षको अवधिमा ९.२२ प्रतिशतले बढेको छ। पछिल्लो एक महिनामा फ्रान्सको सेयरबजार १.५८ प्रतिशतले बढेको छ।
८: रसिया
रसिया विश्वको आठौँ ठूलो अर्थतन्त्र हो। युद्धमा होमिएको रसियाको प्रमुख सेयरबजार परिसूचक एमओईएक्स रसिया इन्डेक्स पछिल्लो एक वर्षको अवधिमा ३१.७१ प्रतिशतले बढेको छ। पछिल्लो एक महिनामा भने रसियाको सेयरबजार ०.२४ प्रतिशतले घटेको छ।
९: क्यानडा
क्यानडा विश्वको नवौं ठूलो अर्थतन्त्र हो। क्यानडाको सेयरबजार परिसूचक टिएसएक्स पछिल्लो एक वर्षको अवधिमा १०.६८ प्रतिशतले बढेको छ। पछिल्लो एक महिनामा क्यानडाको सेयरबजार ३.४९ प्रतिशतले बढेको छ।
१०: इटली
इटली विश्वको दशौं ठूलो अर्थतन्त्र हो। इटलीको सेयरबजार परिसूचक आईटी ४० पछिल्लो एक वर्षको अवधिमा २८.५८ प्रतिशतले बढेको छ। पछिल्लो एक महिनामा इटलीको सेयरबजार ४ प्रतिशतले बढेको छ।