न्यादी हाइड्रोपावर कम्पनीको ‘लक इन’ अवधि आज सकिँदै
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको ‘लक-इन’ अवधि आज (कात्तिक ४) बाट समाप्त हुँदैछ। कम्पनीका संस्थापक, कर्मचारी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको स्वामित्वमा रहेको सेयरको ‘लक-इन’ अवधि समाप्त हुन लागेको हो।
हाल संस्थापकको १ करोड ९ लाख ५० हजार कित्ता, कर्मचारीको ३ लाख कित्ता, कम्पनीका कर्मचारीको ४५ हजार कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १५ लाख कित्ता गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता सेयर ‘लक-इन’ मा रहेको छ।
‘लक-इन’ अवधि समाप्त भएसँगै संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीले आफ्नो सेयर बिक्री गर्न सक्नेछन्।
सार्वजनिक निष्काशनपछि ३ वर्षसम्म संस्थापक, योजना प्रभावित स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीले सेयर बिक्री गर्न नपाउने गरी ‘लक-इन’ व्यवस्था गरिएको थियो।