नेप्सेको ओरालो यात्रा जारी
सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । दिनभरमा ५३ लाख ४४ हजार कित्ता सेयर खरिद बिक्रि हुदा दुई अर्ब नौ करोड ३६ लाख रुपैयाको सेयर कारोबार भएको छ |
कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। यस्तै शीर्ष कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स पोखरा फाइनान्स, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स रहेका छन् । नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर सात दशमलव ९४, पोखरा फाइनान्स छ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी पाँच दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले पाँच दशमलव ५९ प्रतिशतले बढेको छ। यस्तै रुरु जलविद्युत् परियोजना नौ दशमलव ९९, गुर्खाज फाइनान्स नौ दशमलव ३९, सिभिल बैंकको ऋणपत्र आठ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले पाँच दशमलव ८४ प्रतिशतले घटेका छन् ।