Advertisement
Ads

आज बजारबाट १ सय अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक



Advertisement
Ads

नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ सय अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। आज बुधबार कात्तिक २१ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलनमार्फत् १ सय अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

यस निक्षेप संकलनको साँवा र ब्याज भुक्तानी मिति मंसिर १२ गते निर्धारण गरिएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँका दरले आवेदन दिन सक्नेछन्।


Advertisement

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर