नेपाल राष्ट्र बैंकबाट आईसिएफसि फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न पायो स्वीकृति
आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबरावरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट प्रति ऋणपत्र रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबरावरको ३० लाख कित्ता भएको ‘९ प्रतिशत आइसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको स्वीकृति पाएको हो ।
कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त आवेदनलाई केन्द्रीय बैंकले जेठ २८ गते स्वीकृती प्रदान गरेको छ र अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाए पश्चात मात्रै ऋणपत्र निष्कासन गर्नेछ ।
साथै, कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
#BajarkoChirfar #Bazarkochirfar