नेपाल फाइनान्स लिमिटेडको अवितरित हकप्रद सेयर लिलामी भर्ने भोलि अन्तिम दिन
नेपाल फाइनान्स लिमिटेडको अवितरित हकप्रद सेयर लिलामी भर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका क्रममा बिक्री नभएको १० लाख ९४ हजार ४७१ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखेको हो ।
उक्त सेयर जोकोही व्यक्ति, कम्पनी र संस्थाले खरिद गर्न सक्नेछन्। लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपियाँ प्रतिकित्ता रहेको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकत १० ले भाग जाने सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
ईच्छुक लगानीकर्ताले काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड, कम्पनीको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयका साथै प्रभु बैंकको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा आवेदन दिन सक्नेछन् ।
#BajarkoChirfar