नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता



Advertisement
Ads

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ लाख ६८ हजार १९१ संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको जम्मा १ लाख ६८ हजार १ सय ९१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । हाल यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।


Advertisement

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरू बाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिने जानकारी कम्पनीले दिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर