नेपाली महिला फुटबल टोलीलाई युनिलिभरको सहयोग
युनिलिभर नेपालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पन्सर रहेको आफ्नो पर्सनल केयर ब्रान्ड ‘डोभ’ मार्फत राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । खेलाडीलाई उनीहरूको सफलतातर्फको यात्रामा सघाउन डोभले आफ्नो ब्रान्डको हेरचाह, सशक्तीकरण र आत्मविश्वासको प्रतिबद्धतासहित भविष्यका लागि दिगो प्रभाव छोडेको छ ।
महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख खेलसँग जोडिएर युनिलिभरले परम्परागत स्पन्सरसिपभन्दा दर्शकसँग भावनात्मक सम्बन्धलाई जोड दिएको कम्पनीले बताएको छ । फुटबल जस्तो महत्त्वपूर्ण खेल प्रवर्द्धनमा संलग्न भई कम्पनीले सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको छ ।
नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको युगमा युनिलिभर नेपालले महिला एथलेटिक्सको भविष्यमा राष्ट्रिय महिला फुटबल टोलीले पार्न सक्ने महत्त्वपूर्ण प्रभावलाई बुझेर सम्मान गरेको छ। राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्म-आश्वासनलाई बढावा दिन डोभको निरन्तर मिशनलाई झल्काएको छ।