नेपालको विकासमा रसियाको ठूलो सहयोग छः उपप्रधानमन्त्री श्रेष्ठ



Advertisement
Ads

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको बताएका छन् ।

पूर्वशोभियत सङ्घ र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरुको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको आर्थिक विकासमा रसियाको सधैँ साथ र सहयोग रहँदै आएको बताएका हुन् ।


Advertisement

“नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारको क्षेत्रमा रसियाको महत्वपूर्ण साथ र सहयोग रहँदै आएको छ, यो मुलुकका लागि गर्वको कुरा हो,” उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र रसियाबीच पुरानो सम्बन्ध रहेकाले यसलाई झन् घनिष्ठ बनाउनका लागि यस्ता अल्मुनाईले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले रसिया र युक्रेनबीचको युद्धलाई वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने धारणा राखे । उनले रसियाली मुलुकमा सिकेको सीपलाई नेपालको विकासमा लगाउन सबैलाई आग्रह समेत गरे ।

नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई निविकोभले रसिया र नेपाल बीचको सम्बन्धलाई मजबुद बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “रसिया र नेपालको मित्रतालाई मित्रकुञ्जले अगाडि बढाएको छ,” उनले भने ।
#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर