निफ्राले उर्जा ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र (२०८८\८९)’ जारी गर्ने तयारीमा छ। बैंकले वार्षिक ६ प्रतिशत ब्याजदरमा ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरिएको छ। यस सम्बन्धमा बिहीबार एक समारोहमा बैंकका नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र एनआईएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कूल ५० लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत संस्थागत लगानीकर्ताका लागि छुट्याइनेछ भने बाँकी ४० प्रतिशत सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने बैंकले जानकारी दिएको छ। ऋणपत्र निष्काशन नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात गरिनेछ।