नारायणगढ-मुग्लिङ सडकखण्डमा बस र हायस ठोक्किँदा पाँच जनाको मृत्यु, दुईको अवस्था गम्भीर



Advertisement
Ads

चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायणगढ-मुग्लिङ सडकखण्डमा शुक्रबार बिहान बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। बिहान करिब ३ बजे नारायणगढतर्फ जाँदै गरेको गाडी (बा.प्र. ०६-००१ ज ०२९८) र मुग्लिङतर्फ गइरहेको बस (बा.प्र. ०३-००१ ख २८१२) ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था सामान्य रहेको र उपचारपछि डिस्चार्ज गरिएको छ भने बाँकी दुई जना गम्भीर छन्। दुर्घटनाका कारण सडक एकतर्फी अवरुद्ध भएको छ।


Advertisement

प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-९ निवासी ४४ वर्षीय सूर्यविक्रम बिष्टलाई पक्राउ गरेको छ। हायस चालक करिब ४० वर्षीय पुरुषसहित गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका-१ का ४० वर्षीय राजबहादुर गुरूङ, करिब ४० वर्षीया महिला, ३२ वर्षीय पुरुष, र ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।

हायस चालक र गुरूङको भरतपुर अस्पतालमा तथा अन्य तीनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। चार जनाको भने सनाखत हुन बाँकी छ। बसका सहचालक काठमाडौं-३२ निवासी ३० वर्षीय भोज विक्रम शाह सामान्य घाइते भएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर