नबिल बैंकमा रहेको आईएफआईसी बैंकको संस्थापक सेयर खरिदबिक्री प्रक्रिया स्थगित



Advertisement
Ads

नबिल बैंकमा रहेको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्सियल बैंक (आईएफआईसी)को नाममा रहेको संस्थापक सेयर खरिदबिक्री प्रक्रिया स्थगित गरेको छ। जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले विदेशी लगानीकर्ता आईएफआईसीको नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रिका लागि अघि बढाइएको कामकारवाही स्थगित गर्ने निर्णय गरेको हो ।

नबिल बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने भनी आईएफआईसीले बिक्रीको निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेश गर्नुहुने संस्थापक सेयरधनीले समेत निवेदन फिर्ता लिई सेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको बैंकले जानकारी गराएको छ ।


Advertisement

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर