नेपाल राष्ट्र बैंकले धनतेरसको दिन ४५ सय असर्फी बेच्दा कतिको कारोबार गर्यो ?



Advertisement
Ads

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार १८ करोड ४९ लाख ७९ हजार ३७५ रुपैयाँको सुन र चाँदीका सिक्का बिक्री गरेको छ।

टक्सार महाशाखाका अनुसार, २.५ ग्रामको ४ हजार ५२० थान सुनको असर्फी र चाँदीका १६३ हजार ६०० थान मेडालियन बिक्री गरिएको छ। २.५ ग्रामको सुनको असर्फी बिक्रीबाट १६ करोड १६ लाख ५३ हजार रुपैयाँको आम्दानी भएको छ।


Advertisement

यस क्रममा चाँदीका १३ हजार ६०० मेडालियन पनि बिक्री भएका छन्। यसमा लक्ष्मी मेडालियन ३३ सय, गणेश मेडालियन २६, गजलक्ष्मी मेडालियन २९ सय, गाई मेडालियन २५ ग्रामका २३ सय र गाई मेडालियन १० ग्रामका २५ सय थान बिक्री भएको छ।

नेपाल राष्ट्र बैंकले एकै दिनमा मात्र सुनका असर्फी बिक्री गर्ने निर्णय गरेकोले मंगलबार राति ११ बजेसम्म बिक्री जारी राखिएको थियो। आज भने चाँदीका सिक्का किन्नेको भिड मंगलबारको तुलनामा कम छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर