दुई दिनको गिरावटपछि देखियो सुधार: दोहोरो अंकले बढ्यो नेप्से
आज नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ बिन्दुमा बन्द भएको छ। आज सबै उपसमूह बढेको छ। दिनभर ४ अर्ब १७ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ। यस दिन ३१४ कम्पनीको १ करोड ९ लाख सेयर कारोबार भएको छ।
यस साताको पहिलो दुई कारोबार दिनमा बजार १०५.४३ अंकले घटेको थियो भने आज भने सामान्य अंकले माथि उक्लिएको छ। राजनीतिक अस्थिरता, सरकार परिवर्तन र रवि लामिछानेको गिरफ्तारी जस्ता विभिन्न घटनाक्रमहरुले दुई दिन बजारमा प्रभाव पारेको देखिन्छ। आज नेप्से परिसूचक दोहोरो अङ्कले बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम रहेको छ।
नेप्से २५.८८ अङ्कले बढदा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से २५.८८ अंकले घट्दा २०० कम्पनीको सेयरमूल्य बढेको छ । आज धेरै बढ्नेमा क्रमश: रावा इनर्जी डेभलपमेन्ट, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, थ्री स्टार हाईड्रोपावर, महुली लघुवित्त, र मैलुङ खोला जलविद्युत रहेको छ।
नेप्से २५.८८ अङ्कले बढदा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से २५.८८ अंकले घट्दा ३९ कम्पनीहरुको सेयरमूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: विन नेपाल लघुवित्त, कालिका लघुवित्त,सिक्लेस हाईड्रोपावर, मन्दाकिनी हाईड्रोपावर,र जनउत्थान सामुदायिक लघुवित्त रहेको छ।