दुई कम्पनीको ३७ लाख ६५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
शुक्रवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल ३७ लाख ६५ हजार १९५ दशमलव १६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा नेशनल लघुवित्तले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट ७.५ प्रतिशत बोनस बापतको ८ लाख १३ हजार १५४.६६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, माउन्टेन इनर्जीको गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट १५ प्रतिशत बोनस वितरण गरेको २९ लाख ५२ हजार ४०.५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।
#BajarkoChirfar