दुई कम्पनीको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा



Advertisement
Ads

दुई कम्पनीको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । प्रभु बैंकको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ हजार ५२८ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रिमा ल्याएको हो ।

प्रभु बैंकको सेयर मूल्य प्रतिकित्ता १०० रूपैयाँ र स्वावलम्बन लघुवित्तको सेयरको मूल्य प्रतिकित्ता २५० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।


Advertisement

इच्छुक लगानीकर्ताले  जेठ १६ गतेदेखि असार १८ गते (अपरान्ह ३) बजेभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन असार २० गते विहान ११ बजे खोलिने कार्यक्रम तय भइसकेको छ ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर