दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
- सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
- प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
आज दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले भोली अर्थात वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज वैशाख ६ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीका अनुसार आगामी वैशाख २१ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिने छ ।
यस्तै प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले वैशाख २० गते आफ्नै केन्द्रीय कार्यालयमा साधारण सभा आह्वान गरेको छ ।