त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्पिकरभित्र लुकाइएको ५ किलो सुनसहित तीन विदेशी पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५.७ किलो सुनसहित ३ जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू रहेका छन्।
उनीहरू एयर अरेबियाको उडान नं. जी ९५३० मार्फत शारजाहबाट काठमाडौं आएका थिए। मंगलबार साँझ विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा उनीहरूको लगेजमा १२ वटा स्पिकरभित्र लुकाइएको अवस्थामा उक्त सुन फेला परेको हो।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा राखिएको छ।