तिहार पछिको पहिलो कारोबार: झिनो अङ्कले घट्यो नेप्से
आज नेप्से परिसूचक ०.२१ अङ्कले घटेर २६७७.४० मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ७ उपसमूह बढेको छ भने ६ उपसमूह घटेको छ। दिनभर ४ अर्ब २० करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ। यस दिन ३०२ कम्पनीको ९७ लाख १३ हजार सेयर कारोबार भएको छ।
तिहार पर्व सकिएसँगै आज पहिलो कारोबार दिन नेप्से झिनो अङ्कले घटेर बन्द भएको छ। नेप्से परिसूचक सँगसँगै कारोबार रकम पनि सुस्त नै रहेको देखिन्छ। तिहार अघिको अन्तिम कारोबार दिन पनि नेप्से घटेर बन्द भएको थियो। आज बिदा पछि को पहिलो कारोबार दिन मा खासै उत्साह नदेखिएपनि आउने दिन मा नेप्से मा सुधार आउने अनुमान गरिएको छ। समग्रमा बजार अहिले २६ सयकै लाइनमा सूचक घुमिरहेको देखिन्छ । यो साइडवेज ट्रेन्ड ब्रेक भएपश्चात मात्र बजार पुन: उकालो यात्रा तय गर्ने अपेक्षा गरिएको छ।
नेप्से ०.२१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ०.२१ अङ्कले घट्दा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ११३ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सुपर माई हाइड्रोपावर, समाज लघुवित्त, युनाइटेड मोदी, गुराँस लघुवित्त, र रसुवागढी हाईड्रोपावर रहेको छ।
नेप्से ०.२१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से ०.२१ अङ्कले घट्दा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: मिड सोलू हाईड्रोपावर, अपर स्यांगे हाईड्रोपावर, समलिङ हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट र आत्मनिर्भर लघुवित्त रहेको छ।