Advertisement
Ads

ड्राइभरले ओभर स्पिड चलाएमा वा निदाएमा झक्झक्याईदिनु: संजिव न्यौपाने, प्रबन्ध निर्देशक; अपि पावर



Advertisement
Ads

अपि पावर कम्पनीले आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कात्तिक ११ गते आईतबार गौशाला स्थित होटेल क्रिष्टलमा सम्पन्न गरिएको साधारण सभामा कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले अपि पावरलाई निजी क्षेत्रकै अब्बल कम्पनी बनाउने महत्वाकांक्षी योजना पेश प्रस्तुत गरेका छन्।

सभामा कम्पनीको व्यवस्थापनले तयार गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कम्पनीले प्रस्ताव गरेको ५% बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२% नगद गरी कुल ५.२६३२% लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित भएको छ। सो साधारण सभाबाट ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन्। साधारण सभाले संजिव न्यौपाने, द्वारिका प्रसाद न्यौपाने, मधुसुदन कोइराला र सिर्जना खड्कालाई संचालक निर्वाचित गरेको छ।

उक्त साधारण सभामा कम्पनीको हालसम्मका उपलब्धि तथा भावी योजनाहरुका बारेमा प्रस्तुति दिँदै प्रबन्ध निर्देशक न्यौपानेले अपि पावरले राम्रो प्रतिफल दिने परियोजनाहरु पहिचान गर्दै ति परियोजनाहरुमा लगानी गरिरहेको बताए। अपिलाई विधुतमा मात्रै सिमित नराखी रियल स्टेट, मिनरल वाटर लगायतका क्षेत्रमा समेत लगानी डाइभर्सिफाई गरिएको जानकारी न्यौपानेले सभालाई गराए।


Advertisement

रोम सहर एकैदिनमा नबनेको स्मरण गराउँदै निजि क्षेत्रकै उत्कृष्ट कम्पनी बन्न समय लाग्ने तर गन्तव्यमा पुगिछाड्ने अठोट आफूले लिएको बताउँदै कम्पनीको प्रबन्ध निर्देशकको हैसियतले आफू ड्राइभिङ्ग सिटमा रहेको र बसलाई राम्रोसंग गन्तव्यसम्म पुर्याउन आफू प्रतिवद्ध रहेको उनको भनाई छ। यदि ड्राइभरले बस ओभर स्पिड हाँकेमा वा निदाएमा झक्झक्याउने काम भने गर्न सेयरधनी र सरोकारवाला हरुलाई उनले आग्रह समेत गरेका छन्।

सभाले कम्पनीले संचालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिने आवश्यक कर्जा कम्पनी ऐनको दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी रहेको हुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरु निर्माणको लागि थप आवश्यक कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने, अपि पावर कम्पनी लिमिटेडले बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा.) निर्माण गर्ने, अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ( २८. ३ मे.वा.) निर्माण गर्ने र अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर स्वामित्व रहेको श्री सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना ( ११ मे.वा.) को निर्माण अन्तिम चरणमा भईरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर