Advertisement
Ads

डोनाल्ड ट्रम्पले भने: म पुटिनसँग वार्ता गर्न तयार छु



Advertisement
Ads

अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । “मलाई लाग्छ हामी वार्ता गर्नेछौँ,” ट्रम्पले बिहीबार एनबीसी न्यूजसँग भने । डोनाल्ड ट्रम्पले पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताएका छन् । तर, उनले वार्ताको सम्भावनालाई अस्वीकार गरेनन् ।

दोस्रोपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् ।ट्रम्पले आफू र बाइडेनबीच छिट्टै सँगै डिनर गर्ने सहमति भएको बताएका छन् ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई बढावा दिन रुसले हस्तक्षेप गरेको आरोप लगाइएको थियो । तर, रुसले उक्त आरोप अस्वीकार गरेको थियो । अमेरिकी विशेष सल्लाहकार रोबर्ट मुलरले २०१६ मा ट्रम्प अभियान र रूस बीचको साँठगाँठको आरोपको अनुसन्धान गरेका थिए । तर, तीन वर्षपछि प्रकाशित रिपोर्टमा उनले षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको जनाएका थिए ।
 


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर