छिमेक लघुवित्तको संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा



Advertisement
Ads

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्  कम्पनीले यसअघि संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको थियो । तर, तोकिएको अवधिसम्म संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो ।


Advertisement

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ । आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछ्न ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर