चुक्ता पूँजी पुर्याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने
युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकले चुक्ता पूँजी पुर्याउन हाल कायम चुक्ता पूँजीको १००ः१५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधरणसभाबाट पारित गरेपछि निष्काशन प्रक्रिया अघि बढ्ने छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद र बोनस सेयर वितरण गरी कम्पनीले २ अर्ब ४१ करोड ५० लाख चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ ।
#BajarkoChirfar