ग्लोबल इक्विटी फण्डले हकप्रद सेयर निष्कासनको प्रस्ताव सहित बोलायो विशेष साधारणसभा
ग्लोबल इक्विटी फण्ड लिमिटेडले असार ७ गते शुक्रबार विशेष साधारण सभा गर्ने भएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सानेपा, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले हकप्रद सेयर जारी गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय टुङ्ग्याउनेछ । साथै, सञ्चालकहरूको नियुक्ती अनुमोदनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गतेगते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार जेठ ३१ गते कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।