ग्रीन डेभलपमेन्ट बैंकको चैत २७ गते साधारण सभा



Advertisement
Ads

ग्रीन डेभलपमेन्ट बैंकको २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । ग्रीन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७८–७९ र २०७९–८० वार्षिक साधारण सभा मंगलबार चैत २७ गते बस्न लागेको हो । साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ |

सभामा सेयरधनीलाई ३.८% बोनस सेयर र कर प्रयोजनका लागि ०.२०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा रहेको बैंकले जनाएको छ ।


Advertisement

साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गरिसकेको छ ।  चैत ८ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर