ग्रीन डेभलपमेण्ट बैंकले लाभांश प्रस्ताव पारित सहित डाक्यो साधारण सभा
- कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस सेयर दिने
- सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश दिने
- चैत ९ गते बुकक्लोज
ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले चैत्र २७ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो ।
ग्रीन डेभलपमेण्ट बैंकको दशौँ तथा एघारौँ वार्षिक साधारण सभा चैत्र २७ गते, मंगलबार मेजेष्टिक लेक फन्ट होटेल एण्ड सुइट, पोखरा ६, कास्कीमा बिहान ११ सुरु हुने छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।