गभर्नर जनरल समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत



Advertisement
Ads

क्यानडाका लागि नेपालका राजदूत भरत राज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमन समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्  ।

ओहोदाको प्रमाण पत्र पेस गरेपछि गभर्नर जनरल सँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फ बाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।


Advertisement

राजदूत पौड्यालले नेपाल र क्यानडा बीचको मैत्रपूर्ण सम्बन्ध बारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिएका थिए । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोध रहित रूपमा अतिकम विकसित देशको सूची बाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि उनले जानकारी दिएका थिए ।

नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनता बीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गर्न क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए ।

उक्त दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्व प्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपाल बीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गरे । साथै उनले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकार बाट पूर्ण सहयोग हुने बताए ।

त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो ।

#bajarkochirfar

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर