के जनता स्वास्थ्य प्रति सचेत बन्दै जाँदा घटेको हो कोकको व्यापार, कस्तो छ तेश्रो त्रैमासिकको वित्तीय विवरण ?



Advertisement
Ads

लोकप्रिय पेय पदार्थ कोकाकोला उत्पादनगर्ने कम्पनी बोटलर्स नेपाल (बालाजु) ले तेस्राे त्रैमासिक सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यसको खुद नाफामा गिरावट देखिएको छ। गत वर्षको तेस्रो त्रैमासिक सम्ममा कम्पनीले ७४ करोड ३५ लाख खुद नाफा कमाएको थियो जुन अहिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा घटेर ५ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।

हामीले यहाँ बोटलर्स नेपाल (बालाजु) को पछिल्लो ५ वर्ष को तेस्रो त्रैमासिक सम्मको अवधिको वित्तीय विवरणलाई तुलना गरेर प्रस्तुत गरेका छौ।


Advertisement

सञ्चालन नाफा: कम्पनिको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा संचालन नाफा ४४ करोड ४६ लाखमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा संचालन नाफा ६५ करोड ९३ लाख थियो । बोटलर्स नेपाल (बालाजु) को सञ्चालन नाफामा ३२.५६ प्रतिशतको कमी देखिएको छ।
यस्ताे कम्पनीको ५ वर्ष को तेस्रो त्रैमासिकको परिदृश्य:

 

खुद नाफा: चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको को खुद नाफा ५ करोड ९८ लाख रहेको छ। गत वर्षको तेस्रो त्रैमासिक वित्तीयसम्ममा कम्पनीले खुद नाफा ७४ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसपटक कम्पनीको खुद नाफा ९१ प्रतिशतले घटेको छ।
यस्तो छ कम्पनीको पछिल्लो ५ वर्षको तेस्रो त्रैमासिकको खुद नाफाको परिदृश्य:

 

 

 

 

 

प्रति सेयर आम्दानी (इपिएस): यस कम्पनीको ५ वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी १२.३४ रूपयाँ देखि ५०८.७१ बीच रहेको छ। हाल चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ४०.९८ कायम भएको छ। गत वर्षको सोही अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ५०८.७१ रहेको थियो ।
यस्तो छ कम्पनीको ५ वर्षको तेस्रो त्रैमासिकको प्रति सेयर आम्दानीको परिदृश्य:

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर