कुमारी बैंकको १४.६१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १४ लाख ६१ हजार ६०० कित्ता सेयर लिलामीमा ल्याएको हो ।
उक्त लिलामी सेयरमा विद्यमान संस्थापक, सर्वसाधारण वा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । आवेदन न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले जेठ २८ गते देखि असार २ गतेसम्म काठमाडौं कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा बोलपत्र फाराम बुझाइसक्नु पर्ने छ ।
#bajarkochirfar