किन स्थगित भयो आँखुखोला जलविद्युतको साधारण सभा ?



Advertisement
Ads

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको छ। सभा कात्तिक १२ गते मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा ११ बजे बस्ने तय भएको थियो।

कम्पनीका अनुसार, सभामा २२ प्रतिशत प्रोक्सी र १ प्रतिशत मात्रै शेयरधनी उपस्थित भएपछि गणपूरक संख्या पूरा नहुँदा सभा स्थगित गर्नु परेको हो। अब सञ्चालक समितिले अर्को मिति तय गर्नेछ।


Advertisement

यस वर्षको साधारण सभामा लाभांशसम्बन्धी प्रस्ताव समावेश गरिएको थिएन। सभाको एजेन्डामा आर्थिक वर्ष २०८०–८१ का लागि वित्तीय विवरण पारित गर्ने, नाफा-नोक्सानको छलफल गर्ने, र आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समावेश थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर