कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा, नपाएकोले के गर्ने?
कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीहरूलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते आफ्नो साधारण सभा सम्पन्न गरेपछि कात्तिक १ गतेबाट सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेको हो। बैंकले सेयरधनीहरुको उल्लेख भएको हितग्राही खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।
हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीहरूलाई पनि तुरुन्त आफ्नो विवरण अपडेट गर्न आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश जम्मा हुन्छ। बैंकको असोज ३० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।