कात्तिकमा नबिल बैंकले ब्याजदर घटाउँदै
नबिल बैंकले कात्तिक महिनाका लागि ब्याजदरमा कमी गरेको छ।
बैंकले कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। यसअघि, असोज महिनामा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो।
त्यसैगरी, कात्तिक महिनामा साधारण बचत खाताका लागि ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म रहनेछ, जुन अघिल्लो महिनामा पनि यथावत रहेको छ।