कहिले जिम्मेवार बन्लान् नेपालका इन्टरनेट सेवाप्रदायक ?



Advertisement
Ads

गत वर्ष इन्स्टिच्युट फर इन्टिग्रेटड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले एक रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्ट नेपाली सूचनाप्रविधि क्षेत्रमा काम गर्ने ८६ कम्पनी र ३८९ फ्रिल्यन्सरहरुलाई लिएर प्रकाशित गरिएको थियो। 

सो अध्ययनले नेपालबाट ६६ हजार जनशक्तिले सूचना प्रविधि सेवा निर्यात गरेर वार्षिक ६७ अर्ब रुपियाँभन्दा बढी आम्दानी गरेको देखिएको थियो। नेपालको अर्थतन्त्रमा आईटी सेवा निर्यातको योगदान जीडीपीमा १.४ प्रतिशत र विदेशी मुद्रा सञ्चितिमा ५.५ प्रतिशत पुगेको देखिएको छ। 


Advertisement

तर अध्ययनमा सहभागी ५६.८ प्रतिशत कम्पनीहरुले नेपालको ईन्टरनेटप्रति सन्तुष्ट नभएको बताएका थिए। यस्तै ६३% फ्रील्यान्सर ( स्वतन्त्र रूपमा अन्य कम्पनीहरुको लागि काम गर्ने) हरुले कामको समयमा इन्टरनेटको कारण समस्या भोगेको बताएका थिए। सूचना प्रबिधि क्षेत्रको लागि गुणस्तरीय र द्रुत गतिको इन्टरनेट अभिन्न अंग हो तर नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भने यो जिम्मेवारी निर्वाह गर्न कहिल्यै सकेनन्। 

नेपालमा पछिल्लो समय बारम्बार इन्टरनेटमा समस्या देखिन थालेको छ। गत महिना २१ गते इन्टरनेट सेवा प्रदायकले भारतीय कम्पनीलाई ‘ब्यान्डविथ’ खरिदबापतको रकम भुक्तानी गर्न नसक्दा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। यो बेला उनीहरू आफूले जिम्मेवारी लिनुको साटो सरकारलाई दोष देखाएर पन्छिन खोजे। 

प्रयोगकर्ताहरू घरी इन्टरनेट चल्ने घरी इन्टरनेट नचल्ने समस्या भोगिरहेका छन्। आज पनि वर्ल्डलिंक, सुबिसु, भायानेटको इन्टरनेटमा समस्या देखिएको थियो। अपवर्क मार्फत फ्रील्यान्सिङ रिसर्चको काम गर्दै आएका पर्वतका प्रकाश पौडेल बारम्बार इन्टरनेट अवरुद्ध हुँदा हातमै आएको पैसा फुस्किने गरेको बताउँछन्। उनी भन्छन,‘ बारम्बार इन्टरनेटमा समस्या देखिने र राम्रोसँग इन्टरनेट नचल्दा भनेको काम समयमा गर्न सकिँदैन। वाइफाइ कम्पनीका कारण हातसम्म आएको पैसा गोजीमा पर्न सकेको छैन। अझ कहिले काहीँ रिसर्च मीटिंगकै समयमा इन्टरनेट जाँदा मीटिंगको निचोडको रिपोर्ट बनाउन नसक्दा धेरै दुःख पाएको छु।’ 

केही हप्ता अगाडि नेपालबाट ईस्पोर्ट्सको प्रडक्सनको काम गर्ने एक कम्पनीका सञ्चालकले बारम्बारको इन्टरनेटको अवरोधका कारण विदेशबाट देशमा केही गर्छुभनी आएपनि इन्टरेनेट कम्पनीले फेरि विदेशनै फर्किनुपर्ने वातावरण सृजना गरेको आरोपमा लगाएका थिए। उनले आफ्नो युट्युब च्यानलमा एक भिडियो प्रकाशित गर्दै अन्तर्राष्ट्रिय क्लाइन्टसँग काम गर्दा इन्टरनेटको कारण अलिकति बिग्रिँदा दोब्बर जरिवाना तिर्नुपरेको आक्रोश व्यक्त गर्दै यसको जिम्मेवारी सेवा प्रदायकले लिनुपर्ने आशय गरेका थिए। 

नेपाली इन्टरनेट सेवा प्रदायकहरु ग्राहकबाट पैसा लिनेबेला ढाड सेकिने गरी असुल्ने तर सेवा दिने बेलामा अरूलाई देखाएर पन्छिने गरेको छन। ऊनीहरु पटक पटक आफ्ना कमी कमजोरीहरुको दोष कहिले राज्यलाई त कहिले विद्युत प्राधिकरणलाई थुपार्दै आएका छन्। 

सूचना प्रबिधि पत्रिका ‘पिसीम्याग’को २०२२ मा गरेको एक अध्ययनले संसारभर एक मिनेट इन्टरनेट अवरुद्ध हुँदा २० करोड अमेरिकी डलर विश्वअर्थतन्त्रमा घाटा लाग्ने देखाएको थियो।  यस्तै एक मिनेट इन्टरनेट अवरुद्ध हुँदा अमेजनले ९ लाख डलर, गुगलले ५ लाख ३८ हजार डलर, मेतले २ लाख २१ हजार डलर, टिकटकले १ लाख ६२ हजार डलर घाटा व्यहोर्नुपर्ने उल्लेख गरेको थियो। ईन्टरनेट सेवा प्रदायकको गैरजिम्मेवारीपनले नेपाली सूचना प्रविधि कम्पनीहरुको आम्दानी, निर्यात र विश्वव्यापीकरणको यात्रामा अंकुश लाग्ने कार्य भइरहेको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर