Advertisement
Ads

लोनको डिमाण्ड थोरै भएपछि आज फेरि राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै



Advertisement
Ads

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अत्यधिक थुप्रिएको कारण निरन्तर तरलता तानिरहेको छ। कात्तिक २१ गते मात्र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको केन्द्रीय बैंकले आज पुनः ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ।

केन्द्रीय बैंकले आज आइतबार निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्न बोलकबोल आव्हान गरेको छ, जसमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।

पछिल्लो तथ्यांक अनुसार कात्तिक २० गतेसम्म बैंकहरूले ६६ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्, तर सोही अवधिमा कर्जा लगानी भने जम्मा ५२ खर्ब ७५ अर्ब रुपैयाँ मात्र गर्न सकेका छन्।


Advertisement

बैंकहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ७८.१६ प्रतिशत कायम गरेका छन्, जसअनुसार बजारमा ७ खर्ब रुपैयाँ भन्दा बढी तरलता (लगानीयोग्य पुँजी) उपलब्ध छ। तर, कर्जाको माग न्यून भएकाले केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरी तरलता प्रशोचन गरिरहेको छ। यसै निरन्तरतामा २१ दिनका लागि थप ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने तयारी गरिएको हो।

तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने र अधिक तरलता हुँदा रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्ने परिपाटी अपनाउँदै आएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर