Advertisement
Ads

कम्पनी घाटामा जाने स्थिति आएपछि निशानले आफ्नो ९ हजार कर्मचारी हटाउँदै



Advertisement
Ads

जापानी कार निर्माता निशानले उत्पादनमा नयाँ अद्यावधिक गर्न नसकेर घाटामा जाने स्थिति आएपछि नौ हजार कर्मचारीको कटौतीको तयारी गरेको छ।

विद्युतीय सवारी साधन (ईभी)को बढ्दो प्रयोग र विश्वव्यापी उपभोक्ताको मागअनुसार आफ्नो उत्पादनलाई समयसापेक्ष बनाउन निशान असफल भएको छ। यसको कारणले नेपालमा निशानका गाडीहरूको बिक्री प्रायः शून्य छ। पायोनियर मोटो कर्प, जसले निशान गाडीहरू बिक्री गर्दै आएको थियो, अब ईभी ब्राण्डहरू ल्याएर बेच्न थालेको छ।

विशेषगरी अमेरिकी र चिनियाँ बजारमा निशानका गाडिहरूको माग अत्यन्तै घटेकोले कम्पनी संकटमा परेको हो। अन्य मुलुकहरूमा पनि पेट्रोलबाट चल्ने गाडीको मागमा भारी गिरावट आएको छ। विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको बीबीसीले जनाएको छ, यद्यपि निशान गाडीको वास्तविक माग अझ धेरै घटेको अनुमान गरिएको छ।


Advertisement

निशानकी प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले कर्मचारी संख्या घटाउने निर्णयको बचाउ गर्दै भनेकी छन् कि यसले कम्पनीको खुम्चिने संकेत जनाउँदैन।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर