एशियन क्यापिटल लि. ले रत्न राज्य स्कूलमा सम्पन्न गर्यो बित्तिय साक्षरता कार्यक्रम



Advertisement
Ads

एशियन क्यापिटल लि. ले ‘ग्लोबल मनी विक-२०२४’ को अवसरमा रत्न राज्य स्कूल, बानेश्वरमा बित्तिय साक्षरता कार्यशाला सम्पन्न गरेको छ ।

रत्न राज्य स्कूलमा कक्षा १२ मा अध्ययनरत ब्यवस्थापन संकाय बिद्यार्थीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा एशियन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सचिन सिलवालले विद्यार्थीहरुलाई बचतका फाइदा, लगानीको महत्त्व, सेयर बजार र वित्तीय साक्षरताका विविध आयाममा रहेर प्रशिक्षण दिएका थिए।


Advertisement

प्रशिक्षणले बिद्यार्थीहरुमा वित्तीय अनुशासन कायम राख्न सहयोग गर्ने विद्यार्थी गौरव पौडेलले बताए। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर