एनएलजी इन्सुरेन्सको विशेष साधारण सभा भोलि बस्दै
एनएलजी इन्सुरेन्सको विशेष साधारण सभा भोलि ( कात्तिक ७ गते ) बस्दैछ। । सभा आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।