एकै महिनामा चिनियाँहरुले किन झिके बैंकबाट ५.३८ खर्ब डलर ?
- बैंकमा भन्दा अन्य क्षेत्रमा बढी मुनाफा देखेपछि निक्षेपकर्ताहरुले एकै महिनाको अवधिमा ठूलो मात्रामा रकम निकालेका हुन।
आर्थिक पत्रिका ब्लूमवर्गका अनुशार चिनियाँ निक्षेपकर्ताहरुले गत महिना (अप्रिलमा) ३९ खर्ब युआन (५.३८ खर्ब अमेरिकी डलर) बैंकबाट निकालेका छन। बैंकमा भन्दा अन्य क्षेत्रमा बढी मुनाफा देखेपछि निक्षेपकर्ताहरुले एकै महिनाको अवधिमा ठूलो मात्रामा रकम निकालेका हुन।
अहिले चीनको ठूला बैंकहरुमा १ वर्षको निक्षपमा ब्याजदर इतिहासकै न्यून मात्र १.४५% भएको हुँदा निक्षेपकर्ताहरु ऋणपत्र, बन्ड र अन्य सम्पत्ति व्यवस्थापनका उपकरणहरुमा लगानी सार्न प्रेरित भएको ब्लूमवर्गले उल्लेख गरेको ।
एकमहिना चिनियाँ बैंकबाट ५.३८ खर्ब डलर झिकिदा कुल निक्षपमा १.३% को गिरावट देखिएको छ। चिनियाँ सरकारले पैसा न्यून ब्याजदरमा बैंकमा पैसा बस्नुभन्दा आर्थिक क्रियाकलापमा उपयोग गर्न चाहिरहेको छ। ब्लूमवर्ग संग कुरा गर्दै सिटीक सेक्युरिटिजका प्रमुख अर्थशास्त्री मिङ् मीङले यो अर्थतन्त्रको लागि राम्रो संकेत भएको बताएका छन्।